भिजिट भिषामा पठाउने म्यानपावर व्यवसायी सहित चार जना पक्राउ

 

काठमाडौं, असोज ३१-

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुबईमा जागिर मिलाइदिने प्रलोभन दिएर पर्यटक भिषामा यूएई पुर्‍याई अलपत्र पार्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार आकर्षक जागिरको लोभ देखाई पर्यटक भिसामा विदेश पुर्‍याउने गिरोहका उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरुमा बाग्लुङ हटिया घर भएका म्यानपावर व्यवसायी ईश्वर भण्डारी, गोर्खा मान्बु घर भई म्यानपावर कम्पनीमा कार्यरत बिर्घमान गुरुङ र मीन भन्ने राजु घले तथा कैलाली लम्कीचुहा घर भई ललितपुरको भैंसेपाटीमा ट्राभल एजेन्सी चलाएर बसेका भानु ढकाल छन् । 

प्रहरीका अनुसार यी चारै जनाले मिलेमतोमा १६ जनालाई पर्यटक भिसामा यूएई पुर्‍याएर अलपत्र पारेका थिए । उनीहरूले प्रतिव्यक्ति साढे दुई लाखदेखि चार लाख रुपैयाँसम्म लिएर पर्यटक भिसामा मान्छे उडाएका थिए । प्रहरीले चारै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान जारी राखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: