कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, असोज ३१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३६ पैसा र विक्रि दर २८ रुपैंयाँ ५३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २८ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ५४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७० पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४९ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६४ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४२ रुपैंया ३ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ १ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ८० पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ३९ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

विदेशमा समस्यामा परेका नेपालीलाई कानूनी प्रतिरक्षाका लागि सरकारले सघाउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय