एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

 

काठमाडौं, असोज ३१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । 

काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए । १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन्। उपाध्यक्षमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी भएकी छन् । महासचिवमा डा. बद्रि केसी निर्वाचित भए । उनी यसअघिको कार्यकालमा पनि महासचिव थिए ।

सचिवमा डीवि क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषाध्यक्षमा पुनः हिक्मतबहादुर थापा बिजयी भए । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

मध्यपूर्व संयोजकमा आरके शर्मा निर्वाचित भए । मध्यपूर्व उपसंयोजकमा यसअघि नै गोपाल कँडेल र प्रविण गुरुँग निर्विरोध निर्वाचित भइसकेका थिए ।  

महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: