कतारमा एप मार्फत यौन सम्वन्धका लागि महिला खोज्ने धन्दा, निशानामा कम आय हुने महिला

काठमाडौं, असोज २९-

निक्कै गर्मीको एक शुक्रवार मैले मिटमी भन्ने एप्लीकेशन डाउनलोड गरें प्रोफाइल बनाएँ मैले लेवर क्याम्पमा अन्तर्वार्ता गरेको एकजना कामदारले उसका साथिहरुले यहि एप मार्फत महिला भेट्ने गरेको बताएका थिए

मैले सो एपमा बनाएको प्रोफाइलमा २६ बर्षिया फिलिपिनो नागरिक भएको, भर्खरै दोहा आएको नयाँ साथि बनाउन ईच्छुक भएको लेखेकी थिएँ मैले प्रोफइल बनाउने वित्तिकै धेरै पुरुषले सन्देश पठाउन थाले एकप्रकारले बाढी आएजत्तिकै

कति पैसा ? यसरी नै प्रश्न सोध्न थालियो एउटासँग कुरा थालें उसले सिधै विवाह गर्न होइन केवल शारिरीक सम्वन्धका लागि तिमिसँग सम्पर्क गर्दैछु भनेर लेख्यो अरु केहिले भनें मसँग बेलुकीको खाना खान, आफू बस्ने ठाउँमा संगित सुन्न आउन आग्रह गरे

एकजनाले मलाई हजार कतारी रियाल दिने बतायो

कतारमा विवाह बाहिरको यौन सम्वन्ध अपराध हो तर यसका वावजुद यो रोकिएको छैन निश्चित रकम तिरेर यो चलिरहेको यौन व्यवसाय अझ कतारमा जेल पर्ने अपराध हो तर पनि रकमको लेनदेनमा यो चलिरहेको कतारको कानूनले यस्तोमा बर्षसम्म जेल हाल्ने व्यवस्था गरेको

मसँगको कुराकानीमा एकजना कतारी वकिलले यस्तो घटनामा पक्राउ परेकाहरुलाई कतारले यथासक्य छिटो स्वदेश फर्काउने गरेको बताए उनले कुनै पनि गर्भवति महिलालाई जेल हाल्न कतार सरकार ईच्छुक नरहेको धारणा राखे

तर यथार्थ यस्तो छैन कतारमा गर्भवति महिलाहरु जेल परिरहेका छन् विशेषगरी न्यून आम्दानी हुने महिला कामदार

यसरी यौनको मामिलामा फसेका बहुसंख्यक महिलाहरु यहि मिटमि वा यस्तै एप मार्फत शारिरीक सम्वन्धमा पुगेको देखिएको यसले न्यून आम्दानी हुने महिलालाई अझ जोखिममा पारेको केहि रकमको लोभ वा जैविक आवश्यकताले शारिरीक सम्वन्ध राख्ने त्यस्ता महिला गर्भवति भएमा ठूलो संकटमा पर्ने गरेका छन् प्रसस्त पैसा हुनेहरुका लागि गर्भपतनको अवशर भएपनि न्यून आम्दानी हुने महिलाका लागि यो ठूलो समस्या हो

मे महिनामा मैले दुईवटा जेल भ्रमण गरें मैले कुराकानी गरेका बहुसंख्यक महिला जो शारिरीक सम्वन्धको अभियोगमा जेलमा थिए वा घरफिर्ति केन्द्रमा थिए उनीहरु न्यून आम्दानी हुने काममा संलग्न महिला थिए

मैले भेटेकी एक महिला बंगलादेशी पुरुषको गर्भ बोकेर जेल परेकी थिइन् हाल उनले एक बच्चालाई जन्म दिइसकेकी छिन् ति बंगलादेशीसँगको एक बर्षको सम्वन्धका क्रममा उनी गर्भवति भएकी थिइन्

सुरुमा सो बंगलादेशी नागरिकले उनलाई माया गर्ने बताउँथ्यो तर जव उनी गर्भवति भईन् सो व्यक्ति उनलाई अलपत्र छोडेर भाग्यो पछि ति महिलालाई उनको रोजगारदाताले प्रहरीको जिम्मा लगाइदियो

फर्किने बेलामा ति महिलाले एउटा कागजमा फोन नम्वर नाम लेखेर दिइन् सो व्यक्तिलाई फोन गरेर आफू आफ्नो बच्चालाई जेलबाट बाहिर निकाल्न मद्धत गर्न भन्ने आग्रह गरिन् त्यो त्यहि बंगलादेशी नागरिकको नाम नम्वर थियो

मैले फोन गर्दा सो व्यक्तिले आफू सो घटनामा संलग्न नभएको बतायो तर मैले बच्चाको डिएनए टेष्ट गर्दा बाबु को हो भन्ने पत्ता लाग्ने बताएपछि उसले अदालतको आदेश पर्खिने बतायो , केहि समयपछि ति महिलासँग विवाह गर्न जेलमुक्त गराउन राजि भयो

यस्ता घटनाहरुमा बहुसंख्यक घरेलु कामदार संलग्न देखिएका छन् उनीहरुले आफ्ना पुरुष साथिसँग अनलाइनमा भेटेको भेटियो शारिरीक सम्वन्ध पश्चात जसै उनीहरु गर्भवति भए, पुरुषहरु भागेको पनि देखियो त्यसैले त्यस्ता पुरुषहरु जेल परेको वा स्वदेश फर्काइएको घटना कमै

यो सामग्री दोहा न्यूजमा फिलिपिनो पत्रकार एन. पि. सान्तोषले लेखेकी हुन्

यो पनि पढ्नुहोस 

कति रिंगिट, रियाल, दिराम दिनारको मूल्य ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय