कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, असोज २९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ६८ पैसा र विक्रि दर २७ रुपैंयाँ ८४ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३७ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७८ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६८ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४२ रुपैंया ९१ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ८९ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ५६ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ १५ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय