
काठमाडौं– जिफन्ट आवद्ध युनियन नेपाल स्वास्थ्य स्वयंसेवी संघको तेश्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको आइएलओ गभर्निङ बडीकी डेपुटी मेम्वर विन्दा पाण्डेले उद्घाटन गर्नुभयो । उहाँले आफूले गरेको कामले नेपालको मात्र नभई अन्तराष्ट्रिय ट्रेड युनियन आन्दोलनमा समेत योगदान हुनेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले आगामी प्रदेशसभा र केन्द्रीय संसदका लागि जिफन्टकर्मीहरु उम्मेदवारीमा सिफारिसमा पर्नु आफैंमा गौरवको विषय भएको बताउनुभयो ।
सो अवशरमा जिफन्टका महासचिव विष्णु लम्सालले संगठनको नीति रुपान्तरण केन्द्रीत हुनु पर्ने भन्दै नेतृत्वले सामुहिक नेतृत्व र सामाजिक परिवर्तनको मुद्धालाई बोक्न सक्ने हुनुपर्ने बताउनुभयो । उहाँले आगामी ४ बर्षका लागि आवश्यक ठोस योजना सहित अगाडी बढ्न आग्रह गर्दै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गर्नुभएको थियो ।
अधिवेशनले शारदा पौडेलको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नयाँ कमिटीको उपाध्यक्षहरुमा सावित्री मैनाली, प्रेमपूर्ण योगि तथा गीता थिङलाई चयन गर्यो । यसैगरी महासचिवमा रत्ना रिजाल रहनु भएको छ । उपमहासचिवमा सीता लामा तथा प्रभा पौडेल तथा सचिवमा विना चालिसे चयन हुनुभयो ।