
काठमाडौं, असोज २६–
गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षका प्रत्यासी भवन भट्टले आफूले कुनै ठूलो आशा बाँड्ने भन्दा पनि मिलेर अगाडी बढ्ने अपेक्षा राखेको बताएका छन् । अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै भट्टले आफूले एनआरएनए मार्फत विदेशमा बस्ने नेपालीको एकताको परिकल्पना गरेको बताए ।
सवै हात एकै साथको नाराका साथ आफू अगाडी बढेको भन्दै भट्टले आफूले राजनीतिक, जातिय रुपमा कसैलाई फरक नठानेको पनि बताए । म सवै नेपालीलाई एउटै थलोमा ल्याउन चाहन्छु उनले भने यो नेपाली शिर उचाली संसारमा लम्कन्छ भन्ने भनाईलाई म अझ सार्थक बनाउन चाहन्छु । उनले आफ्नो अध्यक्षको कार्यकालसँगै एनआरएनए एउटा नयाँ युगमा प्रवेश गर्ने भन्दै सो क्रममा सदस्यता व्यापक विस्तार हुने, युवालाई उद्यमी बनाउन पहल गर्ने बताए ।
उनले एनआरएनएको १५ औं बर्षको ईतिहासमा पछिल्लो समयमा नेपाल सरकारले पनि धेरै ठुलो सहयोग गरेर अगाडी बढाईरहेको बताए । ७७ देशमा एनआरएनए विस्तार भइसकेको भन्दै उनले लाखौं नेपाली यसमा आवद्ध हुन ईच्छुक हुनुले यसले गरेको कामलाई प्रष्ट्याएको धारणा राखे ।
उनले मध्यपूर्वमा जाँदा त्यहाँ कार्यरत नेपालीको सरकार र एनआरएनएप्रतिका अपेक्षा बुझ्ने अवशर पाएको भन्दै युरोप, अमेरिका लगायतमा आफ्नै खालका समस्या रहेको बताए ।
यो पनि पढ्नुहोस्
एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा