एनआरएनए सचिवमा डीवि क्षेत्री उम्मेदवार

 

काठमाडौं, असोज २६-

गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको सचिवमा डिबी क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएका वर्तमान मध्यपुर्व संयोजक रहेका क्षेत्री यसअघि देखि नै श्रमिकको पक्षमा आवाज उठाउने मध्येका एक हुन् । उनले मजदुर हित र अधिकारका लागि लडिरहने प्रतिवद्धता जनाएका छन् ।

सन २००९ देखि एनआरएनमा सक्रिय क्षेत्री ओमान एनआरएन एनसीसीको केन्द्रीय सदस्य, प्रवक्ता हुँदै २०११ देखी २०१५ सम्म लगातर २ कार्यकालका लागि अध्यक्ष समेत भएका थिए।

खाडीमा काम गर्ने कामदारको सामाजिक सुरक्षाका लागि बिशेष पहल गर्दै आईरहेका क्षेत्रीले यसअघि हजारे अभियानको परिकल्पनालाई अगाडी बढाएका थिए ।

बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि सञ्चय कोषको ब्यवस्था, हाइड्रो पावर लगायत बिभिन्न योजनाहरुमा लगानीको वातावरण निर्माण र पर्यटन विकासमा टेवा पुर्याउने लगायतका योजनाहरु क्षेत्रीले अघी सारेका छन् ।

हजार अभियानकै स्वरुपमा नेपाल सरकारले हाल सञ्चय कोष सम्बन्धी अवधारणा ल्याएको छ । बैदेशिक रोजगारीलाई समेट्ने गरी ल्याईएको सञ्चय कोष सम्बन्धी उक्त कानुन श्रम मन्त्रालयमा छलफलको क्रममा रहेको छ । 

एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टोबर १४१६ मा काठमाडौं सम्पन्न हुन गईरहेको छ । उक्त सम्मेलनले २०१७२०१९ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनमा विश्वका ७५ भन्दा बढी मुलुकका एनआरएनहरु उपस्थित हुनेछन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: