काठमाडौं- मर्यादित कामका लागि विश्व दिवसको सन्दर्भमा अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ(आइटीयूसी) ले संसारका १० वटा सवैभन्दा लालची कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नाफाको तुलनामा कामदारलाई थोरै सुविधा दिने कम्पनीहरुको सूची यसरी सार्वजनिक गरिएको हो ।
सो सूचीमा पहिलो नम्वरमा एप्पल परेको छ । दोश्रोमा सामसुङ कम्पनी छ । १० औं नम्वरमा म्याकडोनाल्ड कम्पनी छ । सप्लाई चेनमा काम गर्ने यी कम्पनीहरुले कामदारलाई बढी शोषण गर्ने देखिएको आधारमा ति कम्पनीहरु लालची कम्पनीमा परेका हुन् ।
हेर्नुहोस् आइटीयूसीले प्रस्तुत गरेको लालची कम्पनीहरुको ईन्फोग्राफिक्स
यो पनि पढ्नुहोस्
‘नेपाली श्रमिकको तलव ५ हजार बृद्धि हुनुपर्छ’