‘नेपाली श्रमिकको तलव ५ हजार बृद्धि हुनुपर्छ’    

काठमाडौं- मर्यादित कामका लागि विश्व दिवसको अवशरमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले एक छलफल कार्यक्रम आयोजना गरेको छ । कर्पोरेट हाउसहरुको लालच अन्त्य गरौं, ज्याला बृद्धि विश्वको चाहना भन्ने नारासहित सो दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले यसपटकको मर्यादित कामका लागि विश्व दिवस १० औं बर्ष मनाइएको जानकारी गराउँदै यसको मुख्य नाराका बारेमा प्रष्ट्याए । यसैगरी उनले एसिया फाइट फर फिप्टी प्लस अमेरिकी डलरका बारेमा पनि अवगत गराए ।  

विश्व ट्रेड युनियन आन्दोलन कर्पोरेट हाउसहरुको लालचका कारण चिन्तित छ अध्यक्ष रिमालले भने एप्पल कम्पनीको बार्षिक आम्दानी ८४ अर्व अमेरिकी डलर छ र त्यसमध्ये हरेक कामदारलाई प्रतिमहिना ५० डलर ज्याला बृद्धि गर्दा त्यसले कम्पनीको आम्दानीमा ठूलो फरक पार्दैन । कम्पनीको नाफाको १ अर्व डलर भन्दा कम हिस्सा लाग्ने यस कामले श्रमिकको जीवनमा भनें ठूलो महत्व राख्ने उनको भनाई थियो ।

जिफन्ट अध्यक्ष रिमालले आइटीयूसीले तयार पारेको विश्वका १० लालची कम्पनीहरुको नामावली प्रस्तुत गर्दै सप्लाई चेनमा काम गर्ने अदृष्य श्रमशक्तिको शोषणका बारेमा पनि जानकारी गराए । 

सन् २०१८ मा नेपालका युनियनहरु न्यूनतम ज्याला पुनरावलोकनका लागि रोजगारदाताहरुसँग छलफलमा जुट्ने भन्दै अध्यक्ष रिमालले नेपालमा पनि हरेक श्रमिकको ज्यालामा ५ हजार बृद्धिको आवाज उठाइने बताए । नेपालका ट्रेड युनियनहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयूसीसी) ले गरेको सर्वेक्षण सन् २०१८ को सुरुवाती चरणमा नै प्रकाशित हुने र त्यसका आधारमा न्यूनतम ज्याला बृद्धिका विषयमा आवाज उठाइने उनको भनाई थियो । 

सो अवशरमा आइटीयूसीद्धारा तयार पारिएको मर्यादित कामका लागि विश्व दिवस सम्वन्धि सामग्रीलाई  जिफन्टको सञ्चार तथा प्रकाशन विभागले नेपाली भाषामा प्रकाशित गरी प्रदर्शन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय