जोखिम छैनः कतार

काठमाडौं- चार महिनादेखि साउदी अरव,यूएइ,बहराईन र इजिप्टबाट हवाई,समुन्द्र र जमिनको नाकावन्दी सामाना गर्दै आएको कतारले आगामी सन २०२२ मा हुने बिश्वकप प्रतियोगिता आयोजना गर्न जोखिम नरहेको बताएको छ ।

कतार बिश्वकपको उच्चस्तरिय समितिका महासचिव हसन अल थवाडीले कतार माथि क्षेत्रीयस्तरबाट लगाइएको नाकावन्दीले आगामी सन २०२२ मा हुने बिश्वकप प्रतियोगिता जोखिममा नरहेको बताएका छन । 

‘हामी बर्षौदेखि सधै आलोचना र आक्रमण वेहोर्दै आएका छौ’ महासचिव थवाडीले एपीसँग भने । अवरोधलाई चिर्दै व्यवस्थापन मिलाइरहेको र केहि लागत बढेपनि पूर्वाधार निर्माणको काम जारी रहेको उनले बताए । ‘हाम्रा परियोजनाहरु कार्यतालिका अनुसार नै अगाडि बढिरहेका छन्’उनले भने ‘बिश्वकप आयोजना गर्न नाकावन्दीले जोखिम पुरयाउने छैन ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय