लक्ष्मण सापकोटा, युएई, असोज २२-
युएईस्थीत नेपाली दूतावासले केहि महिनादेखि तलव नपाई अलपत्र परेका २८ जना नेपालीलाई उनीहरुले पाउन बाँकी रकम दिलाएर नेपाल फर्काएको छ । नेपालको शिवाकोटी म्यानपावर कम्पनी मार्फत सुरक्षाकर्मीका रुपमा काम गर्न पुगेका उनीहरु रोयल फाल्कोन सेक्यूरिटी कम्पनीमा कार्यरत थिए ।
कम्पनीले लामो समयसम्म तलव उपलव्ध नगराएपछि ति नेपालीहरु गत सेप्टेम्वर २० देखि अक्टोवर २ सम्म १३ दिनसम्म दूतावासको सेल्टरमा आएर बसेका थिए । दूतावासको पहलमा उनीहरुले पाउन बाँकी रकम दिलाएर शनिवार र आइतवार नेपाल पठाइएको युएई स्थीत नेपाली दूतावासले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । युएई ल्याएर नेपाली कामदारलाई अलपत्र पार्ने कम्पनीहरुलाई आवश्यक कारवाहीका लागि सिफारिस गरिएको समेत दूतावासले जनाएको छ ।
नेपाल फर्किने २८ जना नेपालीमा मोहम्मद उमर फारुक, जयनारायण खतिवडा, सुर्य प्रसाद खतिवडा, हिमाल प्रसाद भट्टराई, कृष्ण प्रसाद रिजाल, युवराज कार्की, मनोज थापा, सपना कुमार रेग्मी, डम्वर वहादुर कार्की, मुक्तीनाथ रिजाल, सुरेस थापा, लक्ष्मी प्रसाद सुवेदी, वीरेन्द्र चौधरी, सञ्जीत कुमार चौधरी, उजन्द्र जवेगु, लक्ष्मण तामाङ, प्रकाश अधिकारी, धनवाहादुर लिम्वु, मोहन कुमार श्रेष्ठ, देवेन्द्र तामाङ, सुजन मग्राती, सुजन श्रेष्ठ, गोपाल श्रेष्ठ, नैना कुमार राई, पारस राजवंशी, राजकुमार तामाङ, चुन वहादुर कुशेनाम र मातृका चम्लगाई रहेका छन ।