
काठमाडौं, असोज २२– जिफन्ट सपोर्ट ग्रुप, दोहा कतारले एक कार्यक्रम आयोजना गरी मर्यादित कामका लागि विश्व दिवस मनाएको छ । सपोर्ट ग्रुपका सदस्यहरु तथा आइटीयूसीका प्रतिनिधिहरुको सहभागितामा सो दिवस मनाइएको हो ।
सो कार्यक्रममा ज्याला बृद्धिका बारेमा केन्द्रीत भएर छलफल गरिएको थियो । अन्य देशका नागरिकको तुलनामा कतारमा नेपाली कामदारको ज्याला न्यून रहेको भन्दै नेपाली कामदारको ज्याला पनि अन्य देशका कामदार सरह हुनुपर्नेमा जिफन्टका सदस्यहरुले जोड दिएका थिए ।
कार्यक्रममा आइटीयूसीका महासचिव सरण बरो, जिमा स्वार्ट, मकवुल साहन, जिफन्ट सपोर्ट ग्रुप, कतारका कार्यवाहक अध्यक्ष उज्वल विक, संस्थापक सचिव ढालसिंह मगर, महिला संयोजक मञ्जु गुरुङ लगायतले धारणा राखेको सपोर्ट ग्रुपका सचिव दिनेश कटुवालले जानकारी दिए ।