डलरको भाउसँगै बढेको रिंगिट, रियाल, दिराम र दिनारको मूल्य अझै बढ्ने अनुमान 

काठमाडौं, असोज १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४८ पैसा र विक्रि दर २८ रुपैंयाँ ६५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४० पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८२ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६८ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४३ रुपैंया १७ पैसा छ भनें विक्रि दर ३४५ रुपैंयाँ १६ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ८४ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ४३ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्   

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय