अझै थोरै बढ्यो रिंगिट, रियाल, दिराम र दिनारको मूल्य 

काठमाडौं, असोज १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७० पैसा र विक्रि दर २८ रुपैंयाँ ८७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६१ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ८७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ८० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४५ रुपैंया ७४ पैसा छ भनें विक्रि दर ३४७ रुपैंयाँ ७३ पैसा छ । बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ छ भनें विक्रि दर २७८ रुपैंयाँ ६० पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

युएईका शेखद्धारा नयाँ कानून अनुमोदन, यस्ता छन् विषेशता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय