रिंगिट, रियाल सवैको भाउ बढ्यो, विदेशमा बस्ने नेपालीलाई फाइदा

काठमाडौं, असोज १७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६० पैसा र विक्रि दर २८ रुपैंयाँ ७७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५२ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ७७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९३ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ६० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ७४ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४४ रुपैंया ६६ पैसा छ भनें विक्रि दर ३४६ रुपैंयाँ ६४ पैसा छ । बहराइन दिनारको खरिददर २७६ रुपैंयाँ २४ पैसा छ भनें विक्रि दर २७७ रुपैंयाँ ८३ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

युएईका शेखद्धारा नयाँ कानून अनुमोदन, यस्ता छन् विषेशता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय