तनहुँ सेवा समाजको १० औं अधिवेशन सम्पन्न

दोहातनहुँ सेवा समाज कतारको १० औं अधिवेशन सहित विजयादशमी तथा दिपावली, छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको नेपाली दुतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संस्थाका अध्यक्ष पदम बहादुर वि. को सभापतित्व रहेको थियो

समाजको १० औं अधिबेशनबाट अध्यक्षमा केश बहादुर गुर्मछान मगरको नेतृत्वमा सर्वसम्मतिमा नवगठित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष नारायण ढुङ्गना, द्धितिय उपाध्यक्ष मिनराज वि., तृतिय उपाध्यक्ष मन कुमार श्रेष्ठ महासचिव पदम गिरी, सचिव सङ्गम पाण्डे, कोषाध्यक्ष गणेश क्षेत्री, सहकोषाध्यक्ष पदम बहादुर रानाभाट रहेका छन यसैगरी सदस्यहरुमा नन्दसिंह थापा, बद्रि बगाले, विकाश भुजेल, मधुराम पौडेल, रुप बहादुर वि., सुनिल नेपाली, गोविन्द प्रसाद सुवेदी चयन भएका छन्

रेशम तामाङ्गले अतिथिहरुलाई स्वागत गरेका थिए भने तनहुँ जिल्लाको पृष्ठभुमी संस्थाको बारेमा नवराज वि. ले प्रष्ट पार्दै प्रवासमा समाजको आवश्यकतालाई उजागरण गरेका थिए

प्रमुख अतिथी नरेद्र ज्ञवालीले श्रमिकहरुको हितमा दुतावास सक्रिय रुपमा लागि परेको बताउदै कतारमा स्थापित सामाजिक संघसस्थाहरुको भूमिका महत्वपुर्ण रहेको बताए उनले श्रमिक नेपालीहरुका समस्या पहिचान गरी समाधान गर्नमा सामाजिक संस्थाबाट सहयोग मिलेको भन्दै तनहुँ सेवा समाजले गरेका हरेका कार्यहरु सबैका लागि प्रेरणाको स्रोत भएको बताए

विशेष अतिथी टि.बी कार्कीले तनहुँ समाजको प्रशंसा गर्दै आशन्न एनआरएनको आठौ विश्व सम्मेलनमा मध्यपुर्वको एकता सहकार्यतालाई जोड दिदै सहमतिको लागि मध्यपुर्वको प्रतिनिधित्व गर्दै आफुले अध्यक्षमा उम्मेदवारी दिएको बताए  

कार्यक्रममा सस्था लाई महत्वपुर्ण सहयोग गर्ने करिमबख्स मियाँ, रामहरी गैह्रे धन बहादुर परियार, निमलाल कुमाल, मुनाफ मियाँ, तोयानाथ पौडेल, रितकुमार श्रेष्ठ, श्रीराम मल्ल लगायत कलाकार एवम् सहयोगीहरुलाई सम्मान गरिएको थियो कार्यक्रम अवधिभर विभिन्न समयहरुमा कलाकारहरुले विविध सांस्कृति प्रस्तुति सहित मनोरञ्जनात्मक बनाउदै थप उर्जा थपेका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: