एनआरएनएका अध्यक्षका प्रत्यासीलाई जापानवासीले विदाई गरे

काठमाडाैं- गैरआवसीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद्को आठौँ ग्लोवल सम्मेलनमा भाग लिन आईसिसि उपाध्यक्ष भवन भट्ट बुधबार टोकियोबाट नेपाल प्रस्थान गरेका छन्। जापानबासी नेपालीहरुको प्रतिष्ठा र इज्जत भन्दै भट्टलाई आसन्न अधिवेशनमा बिजयको शुभकामना सहित बुधबार जापानबाट बिदाइ गरिएको हो।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७-२०१९ कार्यकालका अध्यक्षका उम्मेदवार हुन्। भट्टलाई बिदाई गर्न गैरआवासीय नेपाली संघ जापानका नव निर्वाचित अध्यक्ष टासी वाङ्दी लामा, वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी,उपाध्यक्ष सरोज कुमार खत्री,सचिव जनक बिक्रम शाही,ओएनएफ जापानका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारी उपाध्यक्ष ,उपमहासचिव राजेन्द्र श्रेष्ठ,सचिवालय सदस्य पर्सु बस्नेत तथा केन्द्रीय सदस्य प्रल्हाद सिंह महत,जनसम्पर्क समिति जापानका उपसभापति,पुष्करजंग थापा,ओनो जापानका अध्यक्ष चन्द्र उपाध्याय,योकोहामा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटा तथा युवा व्यवसायी राजिब श्रेष्ठ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य शुभचिन्तकहरु हानेदा विमानस्थल पुगेका थिए।

गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी भट्टले आगामी अक्टोबर १४-१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: