साउदीमा महिलाले गाडी चलाउन पाउने भए

काठमाडौं- साउदी अरबमा अब महिलाहरूले पनि गाडी चलाउन पाउने भएका छन् साउदी राजा सलमान बिन अब्दुल अजिल अल सौदले महिलाहरूलाई पनि ड्राइभिङ लाइसेन्स जारी गर्न शाही आदेश जारी गरेका हुन् यसअघि साउदी अरब महिलालाई गाडी चलाउने अधिकार नभएको विश्वकै एक मात्र देश थियो

यो आदेशका बारेमा सुझाव दिन ३० दिनभित्र मन्त्री स्तरीय समिति गठन गरिनेछ भने आदेश सन् २०१८ को २४ जुनसम्म लागू हुनेछ महिला अधिकारवादीहरूले सन् १९९० देखि नै महिलालाई यो अधिकार दिनुपर्ने माग गर्दै आएका थिए साउदी अरबको यो कदमको विश्वका अधिकारवादीहरूले प्रशंसा गरेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टीट गर्दै यसलाई महिला अधिकारको प्रवद्र्धनका लागि सकारात्मक कदम भनेका छन् अमेरिकाका लागि साउदी राजदूत खलिद विन सलमानले अब ड्राइभिङ शिक्षा लिन अब महिलाहरूलाई पुरुषको सहमति आवश्यक नभएको उनीहरूले आफूले चाहेको स्थानमा गाडी चलाउन पाउने बताए उनले साउदीको यो कदमऐतिहासिक महान् दिनभएको उल्लेख गर्दै सही समयमा लिइएको सही निर्णय भएको बताए ।   

अभियानकर्ता साहर नसिफले बीबीसीसँग निर्णयले आफू निकै उत्साहित भएको बताएकी छन् उनले अब छिट्टै आफ्नो ड्रिम कार किन्ने योजनामा रहेको बताइन् सन् २०१४ मा गाडी चलाएबापत् ७३ दिनको जेल सजाय सुनाइएकी अधिकारवादी लुजेन अल हाथलुललेभगवान्लाई धन्यवादभन्दै ट्वीट गरेकी छन् कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय