एक नेपालीद्धारा झुण्डिएर आत्महत्या

 

काठमाडौं- दक्षिण कोरियाको ख्याङ्गी दो, ह्वासङसी छोआमस्थित एक मोटरपार्टस् बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार कमल कार्कीले  सोमबार झुण्डिको अवस्थामा मृत फेला परेको छ । गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका कार्की इपिएसमार्फत कोरिया आएको चार महिना मात्रै भएको थियो ।

कार्की कार्यरत कम्पनीको नजिकै रहेको गोदाममा विहान झुण्डिएको अवस्थामा भेटिएको सोही कम्पनीमा कार्यरत नेपालीहरुले बताए ।  ११ जना नेपाली कार्यरत सो कम्पनीका विदेशी कामदारहरु एक सय ५० मिटर जति टाढा रहेको होस्टेलमा बस्दै आएका थिए । बेलुकाको खानासंगै  खाएर सुतेका कार्की राती २ बजेतिर निस्केको ‘रुम पार्टनर’ले बताए ।

अर्को कम्पनीमा काम गारो भई छाडेर उक्त कम्पनीमा आएको एक महिना जति भएको साथीहरुले बताएका छन् । कार्की काम सकिनसाथ मोबइलमा व्यस्त हुने भएकाले कम्पनीको कारण भन्दा पनि घरायसी कारण झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान साथीहरुले गरेका छन् । 

कार्कीको निधन बारे सउलस्थित नेपाली राजदूताबासमा स्थानीय प्रहरीबाट औपचारिक जानकारी आइसकेको दूताबासले जनाएको छ । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: