खाडीका रजदूतहरुको सम्मेलन गर्दै सरकार

काठमाडौं- वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको हित सुरक्षाको विषयमा नेपाली दूतावासहरुका कामलाई प्रभावकारी बनाउन सरकारले ओमनमा मंगलबार खाडी राजदूतहरुको सम्मेलन गर्ने भएको

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूतहरुको सम्मेलन गरी आवश्यक नीति बनाउन सरकारलाई निर्देशन दिएपछि सरकारले ओमनमा सम्मेलन गर्न लागेको हो राजदूतको सम्मेलनको लागि ओमनस्थित नेपाली दूतावासले समन्वय गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा श्रममन्त्री फरमुल्लाह मन्सुरको उपस्थितिमा राजदूतहरुको सम्मेलन हुन लागेको हो

सम्मेलनमा साउदी अरव, कतार, कुवेत, युएई, बहराइन ओमनस्थित नेपाली राजदूतहरुको सहभागी रहनेछ देउवाले ओमनको उच्चतहमा कुटनीतिक भेटघाट गर्ने समेत कार्यक्रम सम्मेलनमा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री देउवा परराष्ट्रमन्त्री महरा सोमबार ओमन पुग्नेछन् श्रममन्त्री मन्सुर नेपालबाट गएका छन् उनीहरु तीनदिनसम्म ओमन रहने कार्यक्रम

सबै राजदूतहरुले नेपाली कामदारको हितको विषयमा के कस्तो काम गरेका छन् हामीले गन्तव्य देशहरुसँग गरिरहेको श्रम सम्झौताको प्रगति के भयो भन्ने लगायत आआफ्नो विवरण पेस गर्नेछन्,’ श्रममन्त्री मन्सुरले भने,‘वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि उनीहरुले  कस्तो मार्गचित्र देखेका छन् रु त्यो विषयमा छलफल हुन्छ  

मन्सुरले खाडीमा कार्यरत नेपालीले भोगिरहेका समस्यालाई हल गर्न सरकार प्रयासरत रहेको बताए गन्तव्य देशको वस्तुस्थितिलाई नजिकबाट हेर्ने, मूल्याङ्कन गर्ने त्यसलाई समाधानको लागि भूमिका खेल्ने काम दूतावासबाटै हो’, उनले भने,‘कहाँ कहाँ अप्ठ्यारो पर्छ त्यहाँ सरकारले सहजीकरण गर्ने, आवाश्यक नीति  बनाउने बजेट उपलब्ध गराउने काम गर्नेछ उनले राजदूतहरुको सम्मेलनबाट वैदेशिक रोजगारीको क्षेत्रलाई सम्बोधन गर्न ठोस नीति आउने आशा राखेको बताए कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय