
काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा ७ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको छ । गत वर्षको साउनमा ५१ अर्ब ९४ करोड रेमिट्यान्स भित्रिएकोमा गत साउनमा भने ५५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको हो । रेमिट्यान्स भित्रिने दरमा सुधार देखिएपनि समग्र देशको आय व्यय खाता ९शोधानान्तर खाता० भने अझै ३ अर्ब २८ करोडले घाटामा रहेको छ ।
व्यापार घाटा बढेपछि शोधानान्तर बचत पनि ऋणात्मक भएको हो । साउनमा नेपालबाट ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा बाहिरिएकोमा ७७ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको छ । कुल ७० अर्ब ५९ करोड रुपैयाँ व्यापार घाटा रहेको छ ।
नेपालबाट बाहिरिने बस्तु तथा सेवामा ३.९ प्रतिशतले गिरावट आएको छ । आयात निर्यात अनुपात भने ८.६ प्रतिशत रहेको छ ।