
दिपक पुुडासैनी, दोहा-
गैह्रआवासिय नेपाली संघ अन्तराष्टिय संयोजन समिति अन्तरगतको मध्यपुुर्ब संयोजकमा कतारबाट ब्यबसायी आर के शर्माले उम्मेदवारी घोषणा गरेका छन । दोहामा आयोजना गरिएको उम्मेदवारी घोषणा सभामा १६ बुुदे प्रतिबद्दता सहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुुन ।
प्रतिबद्दतामा शर्माले मध्यपुुर्बका एनसिसी र आईसिसी बिच संम्बन्ध सुुमधुुर बनाउने, एनसिसीहरुलाई संम्बन्धित मुुलकमा बिधिबत दर्ता गराउन पहल गर्ने, मध्यपुुर्बमा श्रमरत नेपालीको समस्या समाधान गर्न आइसिसी मार्फत पहल गर्ने, स्वास्थ र सुुरक्षा सम्बन्धि जनचेतना अभिबृद्दि गर्ने, मध्यपुुर्बमा गरेको नेपालीको कमाईलाई नेपालमै उत्पादनमुुलक कार्यमा लगाउन समन्वय गर्ने, मध्यपुुर्बका देशहरुबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, १ सय ८३ दिन बिदेश बसेकालाई एनआरएनको मान्यता दिलाउनका लागि आइसिसीमा दबाब दिने ( हालको बिधानमा २ बर्ष बिदेश बसेकाले मत्रै एनआरएनको मान्यता पाउंछ) रहेका छन् ।
लेबनान, जोर्डन तथा इराकमा दुुतावास नभएकोले ति देशहरुमा मासिकरुपमा दुुतावासका कर्मचारी पुुर्याउन र त्यहांका समस्या समाधानका लागि पहल गर्ने । मध्यपुुर्बका पर्यटकलाई नेपाल भ्रमण गराउन अभियान चलाउने, मध्यपुुर्बका एनआरएनहरुलाई बिभिन्न क्षेत्रमा बिशेष छुुटका लागि पहल गर्ने, समस्या परेका श्रमिकको उद्दारका लागि सम्बन्धित मुुलकका एनसिसीहरुमा हटलाईन टेलिफोन सञ्चालमा ल्याउने लगायतका प्रतिवद्धताँँहरु शर्माले घोषण गरेका छन ।
उनको उम्मेदवारीलाई नेपाल आइडलमा सहभागी हुुन आएका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले समेत सफलताको शुुभकामना दिए । बिशेष अतिथीका रुपमा कार्यक्रममा उपस्थित कलाकार मह जोडीले शुुभकामना ब्यक्त गर्दै आफुुहरु कसैको पनि पक्षबिपक्षमा नरहेको तर मैदानमा उत्रनेलाई बिजय हुने शुुभकामना दिन पछी पर्न नहुुने बताए ।
यसैगरी एनआरएनए कतार लगायत कतारका बुुद्दिजिबी, समाजसेबी तथा बिभिन्न राजनीतिक तथा अन्य संघसंस्थाका प्रतिनिधीहरुले शर्मालाई समर्थन सहित शुुभकामना ब्यक्त गरेका थिए ।
शर्माको घोषणा पत्र:
आदरणीय गैरआवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु,
विश्वभरी छरिएर रहेका नेपालीहरुको आशा र भरोसाको केन्द्र गैरआवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौंमा हुदै गरेको सर्वविदितै छ । विगत लामो समयदेखि एनआरएन अभियानमा सहभागी हुदै आएको एनआरएनए कर्मिको हैसियतमा मैले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उक्त सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
विगतदेखि एनआरएन संस्थामा प्रत्यक्ष रुपमा संलग्नता जनाएर खाडी राष्ट्र, यूरोप संघीय मुलुक, एसिया प्रशान्त तथा नेपाल लगायत विश्वभर हुने गरिएका गैरआवासीय नेपाली संघको विभिन्न गतिविधीहरुमा प्रत्यक्ष रुपमा सरिक भई आफ्नो स्वविवेकले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्दै गैरआवासीय नेपाली संघको नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रलाई व्यवहारमा सावित गर्न व्यक्तिगत रुपमा भूमिका खेल्दै आएको सन्दर्भमा कतार लगायत खाडी मुलुक तथा विश्वभर छरिएर रहनुभएका सम्पुर्ण गैरआवासीय नेपालीजनले विगतदेखि दिनुभएको माया र सद्भावका कारण मलाई एनआरएनए अभियानमा सकृयताका साथ अगाडि बढ्न थप उर्जा मिलेको छ ।
मेरा एजेण्डाहरु
१) मध्यपूर्वका एनआरएनए एनसीसीहरु र एनआरएन आईसीसीबीच सुमधुर र थप अर्थपूर्ण सम्बन्ध स्थापित गर्दै मध्यपूर्वका एजेण्डाहरुलाई आईसीसीका एजेण्डा बनाउने दिशामा काम गर्न आईसीसी र एनसीसीहरुबीच पुलको रुपमा समन्वयकारी एवं सहयोगी भूमिका खेल्नका लागि पूर्ण प्रतिबद्ध रहनेछु । एनआरएनए आईसीसीको विधानले तोकेका सबै काम सही ढंगले गर्न प्रतिबद्ध रहनेछु ।
२) युरोप, अमेरिका र ओसियाना क्षेत्रको तुलनामा मध्यपूर्वका एजेण्डा र समस्याहरु फरक छन् । खासगरी युरोप, अमेरिका र ओसियाना क्षेत्रका नेपालीहरुलाई प्रतिनिधित्व गर्ने दोहोरो नागरिकताको विषय एकहदसम्म संविधानमा समेटिइसकेको छ । त्यसैले अब सिङ्गो एनआरएनको आईसीसीको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रीत हुन जरुरी छ । मध्यपूर्वका नेपालीका सम्पूर्ण समस्या र एजेण्डालाई ठोसरुपमा लिपिवद्ध गरी नीति निर्माणका लागि अगाडि बढाउन बिशेष पहल सहयोग गर्नेछु ।
३) मध्यपूर्व नेपालको सबैभन्दा ठूलो श्रम बजार हो । वैदेशिक रोजगारीका नाममा नेपालबाट ठूलो श्रम मध्यपूर्वमा बाहिरिने गरेको छ । उपयुक्त सीप र दक्षताको अभावमा मध्यपूर्वमा काम गर्ने नेपालीहरुले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् । उनीहरुको सिप अभिवृद्धि गरी सीप अनुसारको उचित पारिश्रमिक दिलाउने दिशामा एनसीसीहरुसँग समन्वय गरेर कार्यक्रमहरु अगाडि बढाउन पहल गर्नेछु । यसका लागि मध्यपूर्वमा रहेका नेपाली दूतावासहरु तथा सम्बन्धित सरकारी निकायहरुसँग छलफल गरी उनीहरुमार्फत उचित कार्यक्रम ल्याउनका लागि पहल गर्नेछु । साथै मध्यपूर्वमा भित्रिने श्रमलाई नेपालमा नै उपयोग गर्न सकिने वातावरणका लागि आईसीसीसँग समन्वय गरेर उचित नीति निर्माणका लागि पहल गर्नेछु ।
४) स्वास्थ्य र सुरक्षासम्बन्धि जनचेतनाको अभावमा वैदेशिक रोजगारमा कतार लगायत खाडी राष्ट्रमा कार्यरत कैयन नेपालीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । सम्पुर्ण गैरआवासीय नेपाली जनहरुमा स्वास्थ्य तथा सुरक्षा सचेतना प्रदान गर्न व्यवहारिक रुपमा नै आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै मध्यपूर्वका नियम कानुन र श्रमबारेका अधिकार तथा कानुनको जनचेतनाको अभावमा धेरै नेपालीहरुले समस्या भोग्दै आएका छन् । यसबारे जनचेतनामुलक कार्यक्रमहरु गर्न एनसीसीहरु, नेपाली दूतावास र अन्य सम्बन्धित निकायहरुको सहभागितामा विशेष पहल गर्नेछु ।
५) मध्यपूर्वमा नेपालीहरुले आर्जन गरेको कमाई उत्पादनमुलक काममा लगाउन र सही सदुपयोगका लागि उचित कार्यक्रमहरु ल्याउन पहल गर्नेछु । बर्षौसम्म मध्यपूर्वमा काम गरेर पनि स्वदेश फर्कने बेलासम्म सबै रकम अनुत्पादकमुलक र विलासितामा खर्च भइसकेको हुने समस्या रहेकाले त्यसलाई उत्पादनमुलक काममा लगाउँदा नेपाल फर्किसकेपछि पनि त्यो लगानीले आय आर्जन गरिरहने खालका कार्यक्रम ल्याउनु मेरो प्राथमिकता हुनेछ ।
६) मध्यपूर्वका राष्ट्रहरुले विश्वका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको सर्वविदितै छ । यो सन्दर्भमा मध्यपूर्वका राष्ट्रहरुबाट नेपालमा वैदेशिक लगानी भित्राउने उचित पहल गर्न नेपाल सरकारका सम्बन्धित निकाय तथा मध्यपूर्वका राष्ट्रका सम्बन्धित निकाय, तथा विज्ञहरुसँग समन्वय गर्दै विशेष भूमिका खेल्नेछु ।
७) खाडी राष्ट्रमा रहेका नेपालीका सबै समस्याको उचित पहिचान गर्दै समस्या समाधानार्थ प्रत्यक्ष निगरानी राख्न आईसीसी र एनसीसीहरुसँग समन्वय गर्दै विशेष कार्यदल गठन गर्न भूमिका खेल्नेछु । मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या समाधान र विभिन्न अवशरहरुको सदुपयोगका लागि यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुसँग समन्वय गर्दै सहकार्यको वातावरण बनाउन पहल गर्नेछु ।
८) हाल एनआरएनएको परिभाषाले २ बर्षसम्म विदेशमा रहेका नेपालीहरुलाईमात्र एनआरएनको मान्यता प्रदान गरिेको छ । यसले मध्यपूर्वमा रहेका धेरै नेपालीहरु नसमेटिने भएकाले अन्तर्राष्ट्रिय मान्यता अनुसार १८३ दिन विदेशमा विताएका नेपालीहरुलाई एनआरएनको मान्यता दिलाउन आईसीसी मार्फत सम्बन्धित निकायहरुसँग पहल गर्नेछु ।
९) मध्यपूर्वका एनआरएन एनसीसीहरुमा प्राय एकै प्रकृतिका समस्याहरु र त्यसको समाधानका लागि पनि उस्तै खालका उपायहरु अबलम्बन आवश्यक भएकाले एनसीसीहरु र त्यसका पदाधिकारीहरुलाई थप सकृय बनाउन सबैलाई जिम्मेवारी प्रदान गर्ने कार्यक्रमहरु ल्याउन एनसीसीहरुसँग सामुहिक छलफल र बैठक गर्नेछु । कार्यसम्पादनको मूल्यांकन गर्दै प्रोत्साहन गर्ने कार्यक्रमहरु अगाडि बढाउन भूमिका खेल्नेछु ।
१०) लेबनान, जोर्डन तथा इराकमा नेपाली दूतावासहरु नभएको हुनाले ती क्षेत्र हेर्ने दूतावासहरुलाई मासिक रुपमा ती क्षेत्रमा पुगेर नेपालीका समस्याहरु समाधान गर्न तथा सेवा पुर्याउन कार्यक्रम ल्याउन सम्बन्धित निकायसँग पहल गर्नेछु ।
११) मध्यपूर्वका पर्यटकहरुलाई नेपाल भित्र्याउन तथा मध्यपूर्वबाट अन्य देशमा घुम्न जाने पर्यटकहरुलाई नेपाल घुम्न जानका लागि प्रोत्साहन गर्न पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै सूचारु गर्न विशेष जोड दिएर लाग्नेछु ।
१२) मध्यपूर्वमा रहेका एनसीसीहरुमार्फत एनआरएन कार्डको व्यवस्था गरी सदस्यहरुलाई कार्डमार्फत एयरलाइन्स, होटल, रेष्टुरेण्ट, ग्रोसरी स्टोर, अस्पताल लगायतका विभिन्न क्षेत्रमा डिस्काउन्ट र सुविधा प्राप्त गर्ने व्यवस्थाका लागि पहल गर्नेछु । यो प्रावधानले स्वतस्फूर्त एनआरएनएको सदस्यता लिनेहरुको संख्या बढ्ने तथा सदस्यहरुले प्रत्यक्ष रुपमा तुरुन्तै फाइदा लिनसक्ने वातावरण बन्नेछ ।
१३) मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउन पहल गर्नेछु ।
१४) नेपाली संस्कृति र पर्यटन प्रबद्र्धनका लागि नेपाल हाउस स्थापना गर्न, यसक्षेत्रमा रहेका नेपालीका परिवारलाई दृष्टिगत गरी नेपाली स्कुलहरु स्थापना गर्न र नेपाल हाउसमार्फत नेपाली उत्पादनको प्रवद्र्धनको लागि भूमिका खेल्नेछु ।
माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सकृय भूमिका रहनेछ । एनआरएनएको र मध्यपूर्वमा रहेका नेपालीहरुको हितमा काम गर्न एनआरएनए आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकको भूमिका पूरा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने मैले अपेक्षा गर्दछु ।
धन्यवाद सहित
आरके शर्मा (राजेन्द्रकुमार शर्मा)
उम्मेदवार
क्षेत्रीय संयोजक (मध्यपूर्व)
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्