संकटमा नेपाली समाज

 

युएई- नेपालीहरुको पुरानो संस्था नेपाली समाज युएईमा बैधानिक संकट पैदा भएको छ । वर्तमान नेतृत्वको कमजोरी र निर्वाचन समितीको अपरिपक्वताले गर्दा नेपाली समाज संस्था अप्ठ्यारो अवस्थामा पुगेको हो ।

नेपाली समाज युएईका आजिबन सदस्य तथा संस्थापक मध्येका एक अभियान्ता सामाजिक कार्यकर्ता पिएस लिम्बुले निर्वाचन समितीको बैधानिकता माथि प्रश्न उठाए पछी आगामी शुक्रबार २२ सेप्टेम्बरमामा बोलाईएको अधिबेशन नहुने सम्भावना बढेर गएको छ । यस् अघी जुलाई ७ मा आयोजित अधिबेशन बिबादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

निर्वाचन समितीले बनाएको बिबादास्पद आचारसँहिताका कारण बिबाद उब्जिएको थियो । निर्वाचन समिती स्वयम पनि तटस्थ हुन नसकेको र निवर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटालाई पुनः अध्यक्ष बनाउने खेलमा लागेको भन्दै बिबादको घेरामा परेको थियो । सापकोटाले भने पत्रकारहरुले नेपाली समाज भाँडेको आरोप लगाएका थिए । उनी नयाँ शक्ती नेपालका केन्द्रिय सदस्य हुन् । 

आजिवन सदस्य पिएस लिम्बुले बिधानत निर्वाचन समितीको अवधी गठन भएको मिती देखी ३ महिनासम्म रहने भएकोले उक्त समय सकिएको जनाएका छन । लिम्बुले पार्षद भेला बोलाएर ५१ प्रतिशत पार्षदबाट नयाँ मेन्डेट लिनुपर्ने सुझाब दिएका छन् ।  

बिधानको पारीच्छेद(६ धारा १७ को उपधारा २ बमोजिम ३ महिना भित्र निर्वाचन गर्न नसकेकोले निर्वाचन समितीको बैधानिकता सकिएको छ । गत अप्रिल २८ तारिक शुक्रबार बरदुबईमा सम्पन्न नेपाली समाज युएईको भेलाले गोबिन्द ढकालको सँयोजकत्वमा निर्वाचन समिती गठन गरेको थियो । जुलाई २८ मा निर्वाचन समिती गठन गरेको ३ महिना पुगेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: