नेटवर्क मार्केटिङमा नफस्न दूतावासको अपिल

 

काठमाडौं, असोज १-

कुवेतस्थीत नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई विभिन्न किसिमको प्रलोभन र आश्वासनमा परेर नेटवर्क मार्केटिङ संलग्न नहुन अपिल गरेको छ । यस्तो व्यवसायमा परेर थुप्रै नेपाली ठगिने गरेको र यस्तो व्यवसायलाई नेपाल सरकारले गैरकानूनी घोषणा गरिसकेको हुँदा यस्तो काममा नलाग्न आग्रह गरिएको हो ।

दूतावासले एक विज्ञप्ती प्रकाशित गरी त्यस्तो काममा संलग्न हुनेहरुलाई नेपाल सरकारले कानूनी कारवाही समेत गर्ने गरेको उल्लेख छ । यस्तो कारोवारको कुनै कानूनी आधार र अभिलेख नहुने भन्दै सदस्यता शुल्क लगायत डुवेको रकम फिर्ता गर्न हकदावी गर्न नसकिने समेत दूतावासले प्रष्ट पारेको छ । 

पछिल्लो समयमा बैदेशिक रोजगारमा रहेका नेपालीलाई लक्षित गर्दै विभिन्न नेटवर्क मार्केटिङ गर्नेहरुले योजना प्रस्तुत गरेर ठूलो धनराशी उठाएर बेपत्ता हुने गरेका छन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: