एनआरएनए, युएईको नेतृत्वमा श्रेष्ठ विजयी

लक्ष्मण सापकोटा, युएई, भदौ ३१- 

गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईको अध्यक्षमा रमेश श्रेष्ठ विजयी भएका छन् । शुक्रवार सम्पन्न भएको सातौ महाधिवेशनवाट निकटतम प्रतिद्धन्दी शालिक सुवेदीलाई ५५ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । यस अघिको कार्यकालमा उपाध्यक्ष पदमा रहेका श्रेष्ठले १ सय ६३ मत र सुवेदीले १ सय ८ मत प्राप्त गरेका हुन् ।

शनिवार विहान सार्वजनिक गरिएको मत परिणाम अनुसार समितिको तीन उपाध्यक्षमा नेत्रपसाद शर्मा , वालकृष्ण मरासिनी र निर्मलकुमार पोख्रेल विजयी भएका छन् । शर्माले २ सय ४३, मरासिनीले १ सय ७७ र पोख्रेलले १ सय ६० मत प्राप्त गरी विजय भएका हुन । त्यस्तै महासचिवमा भने कृष्ण प्रसाद पौडेलले निकटतम प्रतिद्धन्दी निश्चल दाहाललाई भारी मतान्तरले पराजित गदै विजयी भए । पौडेलले १ सय ७२ मत प्राप्त गरेको हुन भने दाहालले ९७ मत मात्र प्राप्त गरे । 

यसैगरी कोषाध्यक्षमा वालकृष्ण अधिकारीलाई पराजित गर्दै राजु केसी निर्वाचित भएका छन् । केसीले १ सय ७३ मत र अधिकारीले ९५ मत प्राप्त गरेका हुन् । त्यस्तै दुई आईसीसी सदस्यमा चित्रवहादुर केसी र ठाकुर प्रसाद ढुङ्गाना निर्वाचित भए । केसीले १ सय ७६ मत र ढुङ्गानाले २ सय ६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसवाहेक अन्य पद भने यसघिनै सर्वसम्मत चयन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय