काठमाडौं–के तपाई विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने भन्सार छुटका विषयमा जानकारी राख्नुहोस् । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा आयातित सामानहरुमा प्राप्त हुने भन्सार छुटका विषयमा जानकारी लिनुभयो भने यात्रा सहज हुन्छ ।
कानुनले वर्जित गरेका सामान नेपाल फर्कदा ल्याउन पाईदैन । यो सबैलाई ज्ञान भएको विषय भयो । तर शतप्रतिशत भन्सार छुट हुने वस्तुहरु र भन्सार तिर्नुपर्ने सामाग्रीहरुबारे धेरैलाई ज्ञान नहुन सक्छ ।
बैदेशिक रोजगारीबाट फर्किनेहरुले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्राम तथा एक लाख रुपैया बराबरको जवाहरात जडित गहनाहरु साथमा ल्याउन सकिन्छ । आफुले कोठामा प्रयोग गरेका लुगाहरु लिएर आउँदा पनि भन्सार छुट छ । यस अन्तर्गत लुगाफाटा, विछ्यौनाहरु पर्दछन् ।
शारीरिक अशक्तले आफ्नो सहाराको लागि ल्याएको सामान तथा उपचार गरि फर्कदा ल्याइएका औषधीहरुमा भन्सार छुट गरिएको छ । एक थान क्यामेरा, मोबाइल, पेन ड्राइभ र घडी विना भन्सार शुःल्क ल्याउन सकिन्छ ।
भान्सामा प्रयोग गरिने खाद्य सामग्री सात किलोसम्म ल्याउनलाई भन्सार छुट छ । मदिराको हकमा भने एक लिटरसम्मलाई भन्सार छुट गरिएको छ ।
३२ इन्चसम्मको टिभिलाई भन्सार छुट गरिएको छ । एक भन्दा बढि टिभी ल्याउन अनुमति छैन । ३२ इन्च भन्दा टिभि ठुलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ ।
ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर एक/एक थानलाई भन्सार छुट गरिएको छ ।
