विदेशमा पुर्याएर अलपत्र पार्ने दलाल पक्राउ

काठमाडौं, भदौ २७-

बैदेशिक रोजगारीका लागि रुस पठाउने भन्दै भारत हुँदै युक्रेन र हंगेरीको सीमानामा पुर्याएर दुई नेपालीलाई अलपत्र पारेको अभियोगमा प्रहरीले सुरजलाल जोशीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जोशीले दाङका बसन्त बस्नेत र कमल ओलीलाई अलपत्र पारेका थिए ।

पीडितहरुले प्रहरीमा दिएको जाहेरी अनुसार जोशीले आफूहरुलार्ई आकर्षक तलव सहितको रोजगारीमा रुसको मस्को पठाउने भन्दै प्रतिव्यक्ति १० लाख ७० हजारका दरले रकम उठाएका थिए । 

उनले २०७३ जेठ २१ गते उनीहरुलाई भारतको दिल्ली पठाएका थिए र त्यहाँबाट एक दलाले उनीहरुलाई युक्रेन र हंगेरीको सीमानासम्म पुर्याएर अलपत्र पारेर हिंडेका थिए । ६ महिना पश्चात नेपाल फर्केका बस्नेत र ओलीले प्रहरीमा आफूहरु ठगिमा परेको भन्दै निवेदन दिएपछि प्रहरीले जोशीलाई पक्राउ गरेको हो । उनलाई थप सोधपुछका लागि महानगरिय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय