युएईमा ४० तल्ला माथिबाट खसेर एक नेपालीको मृत्यु

काठमाडौं, भदौ २७-

दुबईको अबुधावीस्थित एक कम्पनीमा कार्यरत लमजुङका युवकको ४० तलाबाट खस्दा निधन भएको छ । बेंसीसहर नगरपालिका वडा नं. १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवार साथै दुवैमा कार्यरत स्थानीयका अनुसार २ सय मिटर अग्लो ठाउँबाट खसेर उनको निधन भएको हो । त्यहाँको समय अनुसार गुरुङको आइतबार बिहान सवा ८ बजेतिर निधन भएको हो ।

अबुधावीको मेगार्मी कम्पनीमा ११ महिनायता काम गर्दै आएका उनको निधनले नेपाली कामदार शोकमा डुबेको कम्पनीका कार्यरत एक स्थानीयले बताए । उनी ११ महिनादेखि उक्त कम्पनीमा कार्यरत थिए । आउँदो महिना अक्टोबरमा घरछुट्टीमा आउने तयारीका साथ केही सामान समेत खरिद गरिसकेका टुकप्रसादको निधनले मर्माहत बनेको ती स्थानीयले बताए । टुकप्रसादको शव अस्पतालमा राखिएको छ ।

गत वर्षको फूलपातीका दिन दुबई गएका टुकप्रसाद कम्पनीमा रोप एक्सीस (डोरीमा झुण्डिएर सिफा सफा तथा पेन्टिङ) को काम गर्दै आएका थिए । गाउँका दाइ नाता पर्ने युवराज गुरुङका अनुसार उनको निधन भएको खबर आइतबार साँझमात्रै थाहा भएको थियो । कम्पनीका मालिकले फोन गरेर बुहारी (टुकप्रसादकी पत्नी) लाई जानकारी गराउन खोज्नुभएछ, फोन उठेनछउनले भने, ‘पछि साँझ सबै कुरा थाहा भयो, हामीलाई सपना जस्तो लागिरहेको छ । 

घरका कान्छो छोरा उनको बुबाआमा, पत्नी, एकछोरी र एकछोरा छन् । युवराजका अनुसार गाउँकै दाजुभाइ तथा कम्पनीमा कार्यरत नेपालीले शव गाउँ पठाउने तयारी थालेको छ । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: