एनआरएनए साइप्रसको अध्यक्षमा मल्ल

समिम मियाँ, साइप्रस-

गैर आवाशिय नेपाली संघ साइप्रसको अध्यक्षमा पुनः सुभाष मल्ल निर्वाचित भएका छन् । राजधानी निकोसियामा आइतबार सम्पन्न सातौ अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भए।

आइसिसी प्रतिनिधिमा रन्जित कुमार महतो चयन भए। कार्यसमितिको उपाध्यक्षमा उत्सव घले, महासचिवमा अन्तेश रावत, सचिवमा तुलसा पाण्डे र सह-सचिवमा कविता भण्डारी तथा कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित भए । यस्तै युवा प्रतिनिधिमा विकाश दुवाडी, महिला प्रतिनिधिमा जसमाया पुन घर्ती, सह-महिला प्रतिनिधिमा शान्ती राई र महिला प्रवक्तामा नानू गोम्जा निर्वाचित भए । साथै लक्ष्मी रेग्मी अधिकारी र चन्द्रा राई सदस्यमा चयन भएका छन् । 

कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावास इजरायलका प्रथम सचिव हरिहर कान्त पौडेलले एनआरएनए साइप्रसको योगदानको प्रसंशा गर्दै साइप्रसमा रहेका नेपाली बिद्यार्थी र घरेलुु कामदारको अवस्था र सम्पुर्ण समस्याको समाधानका लागि सक्दो पहल गर्ने बताए । महावाणिज्यदूत रामजिवन पन्जियारको विशेष आतिथ्यता रहेको कार्यक्रममा निर्वाचन परिवेक्षक रन्जित कुमार महतो र विभिन्न संघसंगठनका प्रतिनिधिले एनआरएन साइप्रसको भुमिका र योगदानको सराहना गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: