
काठमाडौं, भदौ २५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ९४ पैसा र विक्रि दर २८ रुपैंयाँ १० पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ७० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८७ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया १३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २९ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ २६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिटले २४ रुपैंयाँ छोएको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।
कुवेती दिनारको खरिददर ३३८ रुपैंया १२ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ११ पैसा छ । बहराइन दिनारको खरिददर २६९ रुपैंयाँ ८४ पैसा छ भनें विक्रि दर २७१ रुपैंयाँ ४३ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।