धादिङ समाज युएईको सातौँ महाधिवेशन सम्पन्न

काठमाडौं- धादिङ समाज युएईको सातौँ महाधिवेशनले योगेन्द्र थापाको अध्यक्षतमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा राजकुमार कंडेल, उपाध्यक्षहरुमा होमबहादुर अधिकारी र राजकुमार वस्ती, महासचिवमा अञ्जन न्यौपाने, सचिवमा प्रसिद्ध खतिवडा, रमेश अधिकारी, शंकर श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप लोहनी र सहकोषाध्यक्षमा पुष्प गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा रीता लामा, सपना गुरुङ, पदम थापा, हस्तबहादुर घिमिरे, रिम पन्त , दिनेश परियार, उमेश थपलिया र बद्रीप्रसाद खतिवडा चुनिएका छन् ।

समाजका निवर्तमान अध्यक्ष भीमकुमार अधिकारीको सभापतित्व तथा नेपाली राजदूतावास युएईका कार्यबाहक राजदूत नेत्र टन्डनको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा समाजका उपाध्यक्ष नरबहादुर घलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समाजले दुई वर्षभरी गरेका सांगठनिक तथा आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय