हुण्डीमा एकजना कामदारको पैसा उठाईदिंदा ६ जनासम्मले कमिसन पाउँछन्

दक्षिण कोरिया, भदौ २२-

दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको सस्तो दररेटमा स्वदेश रकम पठाइदिने भन्दै कामदारसँग पैसा उठाउने सवएजेन्टहरू सक्रिय भएका छन् जसमध्य पैसा उठाउने अधिकांश हुण्डी एजेन्टले दलाललिडरलाई पैसा बुझाउने गर्छन्

उनीहरूले ढिलोचाँडो स्वदेशमा पैसा पठाइदिन्छन् तर, पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरू उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरेका पनि छन्

कोरियामा रहेका एनआरएन प्रतिनिधि, एनसिसी प्रतिनिधि, व्यवसायी, शरणार्थी भिषावाहक, अवैधानिक, सामाजिक तथा राजनीतिक क्रियाकलापमा संलग्न ईपीएस कामदारहरू नै हुण्डी व्यवयायमा संलग्न छन्

उनीहरू आफ्ना च्यानलमा रहेका कामदारसँग पैसा उठाइ प्रमुख लिडरलाई दिन्छन् उसले चीन, हङकङ वा कोरियन व्यापारीलाई पैसा दिन्छ नेपालमा उनीहरूकै एजेन्टमार्फत पैसा लिने ग्राहकको आफन्तलाई दिन्छन् एक जना कामदारको पैसा पठाइदिएवापत चारदेखि जनाले कमिसन खाने गरेका छन्

सजिलै पैसा उठाउन मिल्ने आम्दानी पनि राम्रै हुने भएकाले अधिकांश नेपाली यसतर्फ आकर्षित छन् अवैध भए पनि उनीहरूले लुकिछिपि हुण्डी रकम उठाइरहेका छन् पछिल्लो समयशरणार्थी भिसावालाएक हुण्डी दलालले नेपाली कामदारसँग नेपाल पैसा पठाइदिन्छु भन्दै करिब करोड रुपैयाँ उठाइ फरार भएका थिए स्रोतका अनुसार उनी हालसम्म कोरियामै लुकेर काम गरिरहेका छन्

त्यस्तै केही वर्षदेखि फरार छन् अर्का हुण्डी दलाल उनले पनि कामदारबाट एक करोडभन्दा बढी उठाएर वेपत्ता भएका थिए त्यस्तैगरी, लाखौं रुपैयाँ उठाएर बेपत्ता छन् अर्का एक व्यवसायी दलालहरू आजको भोलि नै नेपालमा पैसा पठाइदिन्छौं भन्दै कामदारसँग चर्को रकम असुल्ने तर नेपालको असहजताको कारण देखाउँदै महिनौंसम्म पनि नदिने गरेको पाइएको कतिपयले भनें आजको भोलिनै दिने पनि पाइएको

बैंकमार्फत स्वदेश रकम पठाउँदा सुरक्षित विश्वासिलो भए पनि  महँगो झन्झटिलो भन्दै अधिकांश कामदारहरू बैंक प्रयोग गर्दैनन् तर, पछिल्लो समय नेपाल सरकारले ल्याएको बाध्यकारी नियमका कारण भने कतिपय कामदार बैंकतर्फ आकर्षित भएका छन्

यहाँबाट नबिल, सिद्वार्थ, नेपाल बाणिज्य, नेपाल इन्भेस्टमेन्ट, हिमालय, ग्लोबल आईएमई, एभरेष्ट, सानिमा मेगा बैंकमा रकम पठाउन सकिने व्यवस्था

जसमध्ये केइबीहानामार्फत नविल, सिद्धार्थ, नेपाल वाणिज्य सानिमा बैंकमा पठाउन सकिनेछ त्यस्तै, केबिमार्फत ग्लोबल आईएमी नेपाल इन्भेस्टमेन्ट बैंक, उरीमार्फत एभरेस्ट, हिमालय मेगाबैंकमा पैसा पठाउन सकिने  

केही रेमिट कम्पनी पनि कोरियामा क्रियाशील छन् ।हाल कोरियामा ५० हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन् उनीहरूले मासिक लाख रुपैयाँ बचत गर्छन् कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय