
काठमाडौं-
वैदेशिक रोजगार विभागले हिसाबकिताब नबुझाउने तथा कामदारसँग बढी रकम असुल्ने गरी ३५ वटा मेनपावर कम्पनीहरुलाई कारवाही गरेको छ । यसमध्ये ३० वटाले हिसाव बुझाएका छैनन भनें ५ वटाले धेरै रकम असुलेका हुन् । यी हुन् जरिवाना गरिएका मेनपावर कम्पनीहरुः
धेरै रकम असुली गरेको अभियोगमा कारोवार रोक्का गरिएका मेनपावर कम्पनीहरुः
इन्टरनेसनल जब लिंक, निड्स इम्पोइमेन्ट, वाइड स्पेस, युनिभर्सल इन्टनेसनल र सिद्धार्थ ग्लोबल
१ लाख रुपैयाँ जरिवाना गरिएकाहरुः
इनोभेटिभ सर्भिसेज, क्यापिटल रिक्रुटमेन्ट सर्भिस, फरदोष इन्टरनेसनल सर्भिस कम्पनी, युनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस, स्के इन्टरप्राइजेज, कौशिक जनशक्ति इन्टरनेसनल, हामिदा इन्टरनेसनल, सार्प ह्युमन रिसोर्सेज,एसआरएस ओभरसिज सर्भिसेज, रेडरोज इन्टरनेसनल म्यानपावर, मुनलाइट इन्टरनेसनल, सन रे ग्लोबल ओभरसिज, सिद्धार्थ गौतम ओभरसिज, नेपाल रिक्रुटिङ सर्भिसेज, मुस्ताङ ओभरसिज र सिनमल गोर्खा इन्टरनेसनल मेनेजमेन्ट सर्भिस प्रालि ।
५० हजार रुपैयाँ जरिवाना गरिएका मेनपावर कम्पनीहरूः
ध्वनि इन्टरनेसनल, एबीसी ओभरसिज, पिस नेपाल ओभरसिज, जब सिकर म्यानपावर, सारथी ओभरसिज रिक्रटमेन्ट, एसोसिएट्स वेलकम इन्टरनेसनल, राइजिङ स्टार ओभरसिज, बेबी एन्जल इन्टरनेसनल, रिजा ओभरसिज इम्प्लाइमेन्ट, एपोलो मेनपावर सर्भिसेज, स्तुपा ओभरसिज सर्भिस, मेरिडियन मेनपावर सर्भिस, श्रीओम महाशक्ति इम्प्लोइमेन्ट र एनएसओ कन्सल्ट ।
विभागले केहि समययता सरकारले लागु गरेको फ्रिभिसा, फ्रिटिकट कार्यान्वयन गर्न भन्दै मेनपावर कम्पनीहरुलाई लगातार पत्राचार, कागजात माग र चित्त नबुझेका विषयमा स्पष्टिकरण सोध्ने तथा अनुगमन समेत गर्दै आएको छ ।