कम्पनीमा काम गर्ने साथिहरुले सहयोग गरे सवितालाई

 

रुद्र शर्मा, कतार, भदौ २१-

कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला पिडित सबिता नेपालीलार्इ सोहि कम्पनिमा कार्यरत उनका साथीहरुले संकलन गरेको १ लाख ९० हजार ३ सय रुपैंया सहयोग गरेका छन् ।

पिडित सबिता शंखरपुर नगरपालिका वार्ड न. ९ काठमाडौं निवासी हुन् ।  पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको कारण बिगत ५ बर्ष देखि कतार स्थित अल तामिज क्लिनिक कम्पनिमा उनी कार्यरत थिइन । करिब २ महिना अघि विरामी भएर कतारको हामद अस्पतालमा भर्ना भएकी सबिताको ४५ दिनजति सो अस्पतालमा उपचार गरिएको थियो । हमाद अस्पतालले नेपाल नै गएर थप उपचार गराउन सुझाव दिएपछि नेपाल फर्केकी उनको उपचार ओम अस्पताल, काठमाडौंमा भइरहेको छ ।

३२ बर्षिया सबिताका एक नाबालक छोरा छन् । कतार आउनु अगाबै श्रीमानले दोश्रो विबाह गरेका थिए । पारिवारिक स्थिति नाजुक भएको कारण आफ्नो नबालक छोराको पालनपोषण गर्ने खर्च जुटाउने उनी कतार आएकी थिईन । मृगौला पिडित सबिता नेपालीले आफ्नो आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको भन्दै स्वेच्छाले आर्थिक सहयोग गरिदिन समेत अपिल गरेकी छन् । 

उनी काम गर्ने कम्पनीका खोटांग जिल्ला घर भएका चुडामणि पुरी र उनकी साथी सिता कुँवार लगाएतले संकलन गरेको रकम नेपाल पठाइदिएका हुन् । सहयोग संकलन गर्ने सवैलाई सविताले धन्यवाद समेत दिएकी छन् ।

यो पनि पढ्नुहोस्  

रिंगिट लामो समयपछि २४ रुपैंया पुग्यो, रियालभन्दा दिरामको मूल्य बढी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय