रियालको भाउ थोरै घट्यो, कति छ रिंगिट, दिराम र दिनारको मूल्य ?

काठमाडौं, भदौ २०-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ७१ पैसा र विक्रि दर २७ रुपैंयाँ ८७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९८ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४१ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ७ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ९३ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ९२ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ६१ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: