परदेशमा सुपको गौरा

 

काठमाडौं- सुदूर पश्चिम सेवा समाज यूएर्इको आयोजनामा सेप्टेम्बर १ तारीक का दिन अबुधाबीमा सुदूर पश्चिमको महान चाड गौरा पर्व सुदूर पश्चिमको सस्कृति झल्काउदै धूमधामसँग मनाइएको छ। सुदूर पश्चिमको बोली, भाषा संस्कृतिको संरक्षण र सम्बर्धन गर्न सधैं अग्रसर सुप समाज यूएर्इले आयोजना गरेको उक्त गौरा पर्व कार्यक्रममा लगभग पाँच सय सुपबासी र गैर सुप बासिको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूताबासका काउन्सेलर भेष बहादुर कार्की रहेका थिए । सो अवशरमा बोल्दै प्रमुख अतिथि कार्कीले सात समुन्द्र पारी परदेशमा बसेर पनि आफ्नो देश गाउँ ठाउँ र सुपको बोली भाषा संस्कृतिको लागि सबै सुप बासीलार्इ एकजुट बनाई सुपको संस्कृति संरक्षण र सम्बर्धनका लागि गरेको यो कार्य उदाहरणीय र प्रशंसनिय रहेको बताए ।  कार्यक्रममा नेपालबाट युएई पुगेका सुपका देउडा गायक समेत रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नरेन्द्र राज रेग्मी, देउडा गायक महेश आउजी, देउडा गायिका पुष्पा बोहरा र अन्तरराष्ट्रीय सुदूर पश्चिमेली नेपाली समाजका सह संयोजक लोकेन्द्र बहादुर बम लगायत कार्यक्रममा सहभागि थिए ।

सो कार्यक्रममा सुपको संस्कृति गौराको प्रतिमा सहित स्टेजमा महिलाद्वारा बिरड़ाले पुजाआजा गरी गौराको फाग गाउदै देउडा खेल्दै गाउँकै झझल्को आएको थियो। कार्यक्रम मा सुप को सेती अंचलमा ढाल र तरबार नचाउदै खेलिने अहिले लोप हुने अवस्थामा रहेको भुवा नाच भस्सो पनि प्रदर्शन गरिएको थियो। सुदूर पश्चिम का छलिया नृत्य सहित युएईमा कार्यरत नेपाली कलाकारले सबैको मन जित्ने प्रस्तुति पस्किएका थिए।

यो पनि पढ्नुहोस्  

युएईमा भिजिट भिषामा ल्याएर अलपत्र पार्ने नेपाली ‘तस्कार’हरुको नाम दूतावासद्धारा सार्वजनिक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय