यातायात मजदुरको नेतामा राई छानिए

 

काठमाडौं, भदौ १९– जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको दशौं महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन ग¥यो ।

चितवनमा सम्पन्न भएको संगठनको दशौं महाधिवेशनले भीम ज्वाला राईको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, ध्यान बहादुर राई, कर्ण सिंह गुरुङ तथा विष्णु लामा रहेका छन् । यसैगरी महासचिवमा नवराज घिमिरे निर्विरोध निर्वाचित भए ।

कमिटीको उपमहासचिवमा पशुपति रेग्मी र निरु थापा विजयी भए । यसैगरी सचिवहरुमा रवि केसी, देवी भण्डारी, शर्मिला देवकोटा, जीतबहादुर लामा तथा विष्णु पराजुली विजयी भए । देशभरीबाट आएका ५ सय ६३ जना प्रतिनिधिले मतदान प्रकृया मार्फत नयाँ नेतृत्व चयन गरेका हुन् । 

यसअघि महाधिवेशन उद्घाटन गर्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले यातायात मजदुरलाई प्रभाव पार्ने खालका नीति, कानून राज्यले बनाउन खोज्दा संगठन त्यसको विरोधमा डटेर लागेको बताए । उनले यातायात मजदुर विरोधी कानून बन्न नदिन संगठनले खेलेको भूमिकाको प्रसंशा पनि गरे । हालै संसदबाट पारीत भएको सामाजिक सुरक्षा ऐन र श्रम ऐनले यातायात मजदुरलाई पनि समेट्ने भन्दै यसका बारेमा धेरै भन्दा धेरै श्रमिकलाई जानकारी पुर्याउन आवश्यक रहेको उनले धारणा राखे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय