काठमाडौं, भदौ १८-
बैदेशिक रोजगारीमा जानेसँग सरकारले तोकेको मापदण्ड भन्दा बढी रकम असुलेको अभियोगमा राजधानीको एक म्यानपावरका कर्मचारी पक्राउ परेका छन् । सिनामंगलस्थित सिद्धग्लोवल म्यानपावर कम्पनीमा काम गर्ने भीष्म अधिकारीलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको हो ।
विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार विभागले छापा मार्ने क्रममा बैदेशिक रोजगारीमा जान लागेका दुईजनाबाट १ लाख ८० हजार रुपैयाँ उठाउँदै गर्दा उनी पक्राउ परेका हुन् । सरकारले बैदेशिक रोजगारमा जानेहरुसँग बढीमा १० हजार मात्र लिन पाउने व्यवस्था गरेपछि धेरै रकम असुलेको अभियोगमा पहिलो पटक कसैलाई पक्राउ गरेको हो ।
यो पनि पढ्नुहोस्
कहिले पुग्ला रिंगिटको भाउ पहिले जस्तै, यस्तो छ आज रियाल, दिराम, रिंगिट र दिनारको दररेट