काठमाडौं, भदौ १६- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य गरेर वैदेशिक रोजगारमा गएका नेपालीका समस्या समाधान गर्नुपर्ने बताएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि मण्डलसँग शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले परारष्ट्र मन्त्रालय एक्लैले वैदेशिक रोजगारीका समस्यालाई समाधान गर्न नसक्ने भएकाले सबैको पहल आवश्यक भएको बताएका हुन्।
वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग राय र परामर्श लिएर गर्नुपर्ने कार्य पनि रहेको भन्दै उनले कुटनीतिक च्यानल प्रयोग गरेर अगाडि बढ्नुपर्ने प्रष्ट पारे।
परराष्ट्रमन्त्री महराले भने, ‘वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनुपर्छ। राज्यका निकाय र गन्तव्य मुलुकसँगको सहकार्यबाट समस्याको समाधान गर्नुपर्छ। यस कार्यमा सहयोग गरौं।’ अन्नपूर्ण पोष्टबाट
यो पनि पढ्नुहोस्
कतारी मिडियामा नेपाल आईडलको चर्चा
