दोहा, भदौ १६-
आगामी सेप्टेम्वर २२ मा कतारको राजधानी दोहामा हुन गइरहेको नेपाल आइडलको फाइनल प्रतिस्पर्धाको समाचारले कतारी मिडियामा स्थान पाएको छ । कतारको अनलाइन गल्फ टाइम्स र दोहा न्यूजले यस बारेमा समाचार छापेको हो ।
समाचार पहिलो नेपाल आइडल प्रतियोगिताका बारेमा विस्तृतमा उल्लेख गरिएको छ । सनैयाको एसियन टावरमा हुने प्रतियोगिता हेर्न चाहनेहरुका लागि हाल टिकट विक्रि खुलेको पनि समाचारमा जनाइएको छ ।
१ दर्जन भन्दा धेरै ड्रोन र क्यामेराहरुले प्रतियोगिताको फाइनल खिच्ने छन् । विजेताले महिन्द्र केयूभी डागी, २० लाख नगद र १५ लाख बरावरको रेकर्डिङ सुविधा प्राप्त गर्ने समाचारमा उल्लेख छ । प्रतियोगिता नेपालीका लागि गौरवको विषय भएको सागर नेपाललाई उधृत गर्दै जनाइएको छ । कतारमा झण्डै चार लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ । आधिकारीक रुपमा भनें साढे तीन लाख नेपाली यहाँ कार्यरत रहेको उल्लेख छ ।
यो पनि पढ्नुहोस्
दोहामा ४ करोड २० लाखमा नेपाल आइडलको ग्रान्ड फिनाले हुँदै
