हामीले विर्सेका छैनौं, हामी खोजिरहने छौं

काठमाडौं, भदौ १४-

अन्तर्राष्ट्रिय बेपत्ता दिवस, अर्थात बेपत्ता भएका र बेपत्ता पारिएकाहरुको खोजिका लागि सम्झिइने दिन । यो दिवसका अवशरमा नेपालमा पनि एकाध कार्यक्रम भए र मुलतः सशस्त्र द्धन्दका समयमा वेपत्ता बनाइएकाहरुको बारेमा छलफल भयो ।

तर वेपत्ता हुनेहरु त्यो कालखण्डका मात्र छैनन् । यो क्रम निरन्तर छ । वेपत्ता भएका प्रियजनलाई पर्खेर बस्नेहरु धेरै छन् । तिनै मध्येमा थुप्रैै यस्ता परिवार छन् जसका आफन्त वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएर बर्षौंदेखि वेखवर छन् ।

ति परिवारका लागि आफ्ना प्रियव्यक्ति हरेक क्षण आँखा अघिल्तीर नाचिरहन्छन् । आज आउला वा भोली आउला की भन्दै आफन्तको खवर पर्खेर त्यसरी बसेकाहरु मध्ये कतिपयको त्यो पखाई पुरा भएको छ, कतिपय अझै पर्खिदै छन् ।

देश परदेशले त्यसरी नै बैदेशिक रोजगारीमा गएर वेखवर भएकाहरुका बारेमा विगत दुईवर्ष देखि भिडियो सामग्री सहितको समाचार प्रकाशन गर्दै आएको छ । यस दुईबर्षको बीचमा हामीले २४ वटा परिवारको त्यस्तै भिडियो समाचार प्रकाशित गर्यौं र सुखद कुरा त्यसमध्ये ९ जना परिवारको सम्पर्कमा आएका छन् । यसले हामीलाई यो कार्यलाई अझ तन्मयताका साथ गर्न प्रेरित गरिरहेको छ ।

यसबीचमा हामीले थुप्रै आमाहरु, श्रीमतिहरु र छोराछोरीको आँशु देख्यौं । त्यो परिवारको पीडालाई नजिकबाट अनुभूत गरेका छौं । नढाँटी भन्दा हामी पनि कयौंपटक ति आमाहरु, बेपत्ता परदेशीका श्रीमति र उनीहरुका छोराछोरीसँगै रोएका छौं । सायद त्यहि आँशुले पोलेर होला, बर्षौंदेखि वेखवर केहि परदेशीहरु परिवारसँग पुनः सम्पर्कमा आएका छन्, कतिपय घर नै फर्किएका छन् भनें केहि नियमति सम्पर्कमा छन् ।

त्यसैले बैदेशिक रोजगारीमा गएर त्यसरी बेपत्ता भएकाहरुको खोजिमा हामी निरन्तर लागिरहने छौं । र, रोजगारी खोज्दै परदेशिएर उतै हराएका र उनीहरुको त्यो सम्पर्कविहिनताले रोइरहेका परिवारको आँशु पुछ्न हामी आगामी दिनमा पनि सक्दो प्रयत्न गरिरहने छौं । हामीले विर्सेका छैनौं, हामी खोजिरहने छौं ।

हराएका परदेशका केहि भिडियोहरु हेर्नुहोस्   

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tA1CG-meBHM” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/YKLxJyguBPU” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/YCkPI39wvhw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/68-JPWAS89I” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/mD-YIuJO8AI” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/q1euZ_jLNeo” frameborder=”0″ allowfullscreen></iframe>{/source} 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/oEifiqZ9eTM” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/oe41MAjAAB4″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/thC4HbtwYhI” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/FAy1K1fNYUE” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/lZHmxpPl3I0″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7-wh1N3eApM” frameborder=”0″ allowfullscreen></iframe>{/source}

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/HXHY8fTzruQ” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय