लक्ष्मण सापकोटा, युएई-
वैदेशिक रोजगारीका लागि दुवईमा रहेका एक दम्पतिको रहस्यमय मृत्यु भएको छ । चितवनको रत्ननगर स्थायी घर भई दुवईमा कार्यरत परशुराम सापकोटा र कल्पना सापकोटाको रहस्यमय मृत्यु भएको हो । दुवईको देरामा रहेको कोठामा परशुराम झुण्डीएको र कल्पनाको घाँटी रेटीएको अवस्थामा भेटीएको मृतक परशुरामका भाई राजेन्द्र सापकोटाले जानकारी दिए । घटना शुक्रवार दिउँसो २ वजेदेखी ३ वजेको भित्रमा भएको हो ।
स्वदेशमा रहदा दाई भाउजुको मनमुटाव भईरहने गरेको उनका भाईले बताएका छन् । विदेशमा पनि त्यो क्रम जारी रहेको उनको भनाई छ । तर विगत ३ ४ महिनादेखी दाई भाउजुले मेलमिलाप गरेर एउटा कोठामा वस्दै आइरहेको र मनमुटाव पनि नभएको राजेन्द्रले बताए ।
मृतकको शव अहिले पुलिसको क्रिमीनल डिपार्टमेन्ट रहेको छ । दुई छोरा रहेका सापकोटा दम्पतिको रहस्यमय मृत्युले चितवनमा रहेको परिवार यतिवेला शोकमा रहेको र शव चाडै नेपाल लाने प्रयत्न भईहेको मृतकका भाई राजेन्द्रले जानकारी दिए ।