कबि रमेश श्रेष्ठलाई सुने कतारका साहित्यिक सर्जकहरुले

दीलिप पराजुली,दोहा-

अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार र नवोदित साहित्यिक वाचनालय कतारले कबि रमेश श्रेष्ठसंग भेटघाट तथा रचना वाचन कार्यकम सम्पन्न गरेको छ । बिशेष कारणले कतार आइपुगेका कबि श्रेष्ठसंग दोहामा साहित्यिक जमघट गरिएको हो ।

अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतारका अध्यक्ष तिर्थ संगम राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यकममा कबि श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने दोहाका बुद्दिजिबि तथा डबलीका बिशिष्टहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यकममा डेढ दर्जन भन्दा बढी साहित्यिक सर्जकहरुको उपस्थित रहेको थियो । कार्यक्रममा दीपमिलन, सागर भण्डारी, यादव रेग्मी, ईश्वर शाही, दीलिप पराजुली, मणि पौडेल, श्यामराज रानाभाट, प्रेम प्रसाद भट्टराई, सिताराम थापा, अर्जुन चापागाई, रुप रसाइली र तिर्थ संगम राईले गजल तथा कविता वाचन गरेका थिए भने कवि श्रेष्ठले करिब एक दर्जन भन्दाबढी कविता तथा गित वाचन गरेका थिए ।

कार्यकममा कविले गिद्द स्वपना, कालीदमिनी, शिर, माझि, बाघ, सम्पादकलाई चिठी, दमै चरो, आमा र शितहरु, नदि उत्सव, पहाड, अन्तर धोनी र म्युजियममा जस्ता गरेर डेढ दर्जन कबिताबाचन गरेका थिए ।   

कार्यक्रममा पुर्व विशिष्ट श्रोता बिलबहादुर गुरुंगले यो साहित्यिक सस्था दोहाको एक नमुनाको रुपमा रहेको जिकिर गरे । समयमा शुरु हुने र समयमा सकिने कार्यकममा कुनै पनि भाषण नगरिने यसको अर्को विशेषता भएको उनले बताए ।

कार्यकममा कविलाई आयोजकलाई सस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । सभापति तिर्थ संगम राईले कवि रमेश श्रेष्ठलाई यसरी सुन्न र सुनाउन पाउँदा साह्रै खुशी भएको बताए । लामो समय देखी नेपाली भाषा र साहित्यमा योगदान गरिरहेका श्रेष्ठलाई अनेसास नवोदितमा पाउँदा निकै खुशी भएको बताउदै कविको कतार बसाई सुखद र सहजबन्नेमा समेत ढुक्क रहेको बताए । उदै कार्यक्रमको समापन गरेका थिए ।

उपाध्यक्ष शाहीलाई सम्मान तथा बिदाई 

नबोदित साहित्यिक वाचनालय कतारका प्रथम उपाध्यक्ष ईश्वर शाही कतारको बसाईलाई बिट मारेर जादै गर्दै अनेसास नवोदितले सम्मान तथा बिदाई कार्यकम सम्पन्न गरेको छ । कवि श्रेष्ठसँग भेटघाट तथा बाचन कार्यक्रममा शाहीलाई बिदाई गरेको हो । शाही लामो समय देखी नेपाली साहित्य र दोहाको साहित्यिक माहोलमा निकै योगदान गरेका ब्यक्ति हुन । उनलाई मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: