गुल्मी सेवा समाजको १५ औं वार्षिकोत्सव

कुमार अविरल पन्थी, कतार-

गुल्मी सेवा समाज कतारको १५ औ वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम सम्पन्न भएको छ । गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने नाराका साथ वार्षिकोत्सव सम्पन्न भएको हो ।  

विधिवत रुपमा व्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो । सस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्यले कार्यक्रमका सहभागिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा समाजको साँगठनिक प्रतिवेदन सुरज बिसी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मित्र बीएसले प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा समाजका विभिन्न कार्यक्रमहरुमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा समाजले प्रदान गरेको आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विजय बस्नेत, भिम तरामु मगर, शिव खड्का लगायतले बोलेका थिए । यसैगरी समाजका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि द्रोण बहादुर बस्नेतले सस्थाको उतरोत्तर प्रगतिको कामना गर्दै सस्था संचालनमा बिगत देखि वर्तमानका बारेमा बोलेका थिए ।

त्यस्तै कार्यक्रममा गुल्मेली गायक अजित अविरल, दिपेन्द्र सुनार, अनिल बिसी लगायतले आ(आफ्नो प्रस्तुती राखेका थिए । सोहि कार्यक्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली दिदी बहिनीहरुलाई तिजको दर समेत खुवाइएको थियो । हर्षोल्लासका साथ उपस्थित भएका दिदीबहिनीहरुले तिजको भाकामा छमछमी नाचेका थिए । 

कार्यक्रमका सभापति एवम सस्थाका अध्यक्ष बुद्ध पाण्डेले कार्यक्रम सभ्य भव्य र सफल बनाउन टाढा(टाढाबाट आउनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सस्थालाई अझ सशक्त बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: