दोहामा ४ करोड २० लाखमा नेपाल आइडलको ग्रान्ड फिनाले हुँदै

दिपक पुुडासैनी, दोहा, भदौ ११-

एपि वान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो नेपाल आईडलको ग्राण्ड फिनाले कतारको सनैया स्थित एसियन टाउनको एम्पिथियटरमा आगामी २२ सेप्टेम्बरमा हुुने भएको छ ।

ओनेक्स वान इन्टरनेशनल क्यानडा तथा एभरेष्ट नेपाल युुथ एसोसिएसन कतारको संयुुक्त आयोजनामा हुुने ग्राण्ड फिनालेमा नेपाल आइडलका टप १२ सम्मका प्रतियोगिहरुले कार्यक्रमको रौनकता बढाउने छन ।

उक्त कार्यक्रममा तेरिया फौजा मगर, केदार घिमिरे, सन्दिप क्षेत्री, हेमन्त रानाको बिशेष प्रस्तुुति त रहने छ नै साथमा प्रमुुख अतिथीको रुपमा वरिष्ठ संगितकार शक्ति बल्लभको समेत उपस्थिती रहने एभरेष्ट नेपाल युुथ एसोसियसनका अध्यक्ष उत्तम गुुरुँगले दोहामा आयोजित पत्रकार संम्मेलनमा जानकारी गराएका छन ।

पत्रकार संम्मेलनमा दिइएको जानकारी अनुुसार ग्रान्ड फिनालेका लागि अनुुमानित १४ लाख ८० हजार रियाल अर्थात करिव ४ करोड २० लाख रुपयाँ खर्च हुुनेछ । यसमा १६ हजार ५ सय दर्शक क्षमताको कार्यक्रम हल, स्टेज सेटअप, हवाइ टिकट, भिषा, होटल तथा यातायात खर्च लगायत छन । ग्रान्ड फिनालेका लागि निर्णायक, प्रतियोगी, कलाकार तथा प्राविधिक गरि ८५ जना नेपालबाट आउंदै छन् । 

नेपाल र नेपालीको प्रतिष्ठा संग जोडिएको र  नेपाली समुुदायले कतारमा हालसम्मकै बिशाल कार्यक्रम आयोजना गर्न लागेको हुुँदा यहाँ क्रियाशिल संम्पुुर्ण संघ संस्था तथा यहाँ कार्यरत नेपालीलाई हरतरहले सहयोग गर्नका लागि समेत आयोजकले आग्रह गरेका छन ।

यो पनि पढ्नुहोस् 

कतारको नयाँ कानूनका यी हुन् ५ कमजोरीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: