विदेश जानेको संख्या घटाउँदै लैजाने

काठमाडौं- श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गरे ।  

उनले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै सबै तहका चुनाव सम्पन्न गरी संविधान कार्यान्वयनसँगै देशमा आर्थिक विकास गरिने छ बताए । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय