युवाद्धारा विदेशमा कमाएको रकम सामुहिक रुपमा नेपालमा लगानी 

रुद्र शर्मा (आचार्य) कतार, भदौ ९-

वैदेशिक रोजगारीको शिलशिलामा कतार, युएई, बहराइन, हंगकंग लगाएतका देशहरुमा कार्यरत नेपाली युवाको एक समूहले काठमाडौमा सुपरमार्केटमा लगानी गरेका छन् काठमाडौंको तीनकुनेमा करिब १६ महिना पहिले महानगर सुपरमार्केट सुरु गरेका उनीहरुले काठमाडौको धापाखेल, गणेश मन्दिर नजिकै अर्को शाखा सुरु गर्न लागेका छन् सो शाखाको भदौ १० गते उद्घाटन हुनेछ

करिब एक दशक पहिले कतारमा एक नेपाली युबा समूहले सामुहिक बचत कोष स्थापना गरेका थिए प्रवासको बसाइ अन्त्य पश्चात स्वदेशमा गएर पनि स्वरोजगार होस् भन्ने उद्धेश्यले कतार लगायत अन्य मुलुकमा कार्यरत आफन्त तथा साथीभाईहरुसँग हातेमालो गर्दै करिब ६५ जना भन्दा धेरै व्यक्तिहरु संलग्न रहेर उनीहरुले नेपालमा महानगर सहकारी संस्था स्थापना गरेका थिए हाल सो सहकारी संस्थामा१ सय भन्दा बढी शेयरधनिहरु रहेको सहकारीका प्रबन्धक निर्वाचन राईले जानकारी दिएका छन्

सोही सहकारी संस्था मध्येका केहि युवाहरु मिलेर करिव करोड रुपैंयाँको लगानीमा राजधानी स्थित सुबिधानगर, तीनकुने काठमाडौंमा आधुनिक सुपरमार्केट सञ्चलानमा ल्याएका छन् सो सुपर मार्केटमा आफैले बिभिन्न पोल्ट्री फर्म, तरकारी खेति लगायत अन्य खाद्य बस्तु उत्पादन गरी बिक्री वितरण गर्ने उद्धेश्य राखिएको

यो पनि पढ्नुहोस् 

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: