३४ वटा म्यानपावरले एक एकजना विदेश पठाए

 

काठमाडौं, भदौ ९-

नेपालमा झण्डै एक हजार म्यानपावर कम्पनी दर्ता भएका छन् । यसमध्ये चालू आवको साउनमा ७ सय ३२ म्यानपावर कम्पनीले मात्रै कामदार विदेश पठाउनका लागि काठमाडौं कार्यालयबाट अन्तिम श्रमस्वीकृति लिएका छन् । यसमध्ये ३४ म्यानपावर कम्पनीले एकजनाको मात्रै कामदारको अन्तिम श्रमस्वीकृति लिएका छन् ।  

१९ म्यानपावरले दुईजना कामदारको अन्तिम श्रमस्वीकृति लिएका छन् । सबैभन्दा बढी कामदारको अन्तिम श्रमस्वीकृति एसओएस सर्भिस प्रालिले लिएको छ । एसओएसले ७ सय २२ जनाको स्वीकृति लिएको छ । यसैगरी दी रिभर ओभरसिज प्रालि ७ सय ९ जना, कोसिस इन्टरनेसनलले ५ सय ७६, सोसाइटी ओभरसिजले ४ सय २२ र अल समिट म्यानपावरले ४ सय ११ जनाको अन्तिम श्रमस्वीकृति लिएका छन् । अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय