कतारको नयाँ कानूनमा घरेलु कामदारका लागि यस्तो छ व्यवस्था

 

दोहा, भदौ ८-

हालै कतारका अमिरले हस्ताक्षर गरेको कानूनले घरेलु कामदार(आया, बगैंचे, चालक तथा अन्य घरेलु कामदार)को कानूनी सुरक्षा बढ्ने भएको कानून नं १५, २०१७ ले घरेलु कामदार लिनेहरुले त्यसरी काम गर्ने कामदारहरुसँग लिखित रोजगार करार गर्नुपर्ने व्यवस्था गरेको

यसअघि कतारमा रोजगारी गर्ने घरेलु कामदारलाई यहाँको श्रम कानूनले समेट्दैनथ्यो उनीहरुसँग लिखित रोजगार करार गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन जसका कारण कुनै पनि घरेलु कामदारले आफ्नो रोजगारदाताले शर्त पूरा नगरेको विरुद्धमा उजुरु गर्न सक्दैनन्

स्वास्थ्य सुविधा, विदा विरामी विदा

नयाँ कानूनले खाना सुविधा सहित दैनिक १० घण्टाको कार्यसमय, प्रार्थना गर्ने आरामको समयको व्यवस्था गरेको यसैगरी साप्ताहिक रुपमा एक दिन अनिवार्य छुट्टी दिनुपर्ने व्यवस्था नयाँ कानूनमा गरिएको सन् २०१५ मा खाडी मुलुकमा एकै प्रकारको सम्झौता पत्र बनाउने प्रयासमा यो विषयमा मुख्य विवाद भएको थियो

अल सराकमा प्रकाशित विवरण अनुसार घरेलु कामदारहरुले बर्षमा तीन महिना तलवी घरविदा पाउनेछन् यसैगरी हरेक दुई बर्षमा दुईतर्फी हवाई टिकट रोजगारदाताले उपलव्ध गराउनु पर्दछ निःशुल्क स्वास्थ्य सुविधा, बस्ने उचित व्यवस्था लत्ताकपडाको व्यवस्था गर्नु रोजगारदाताको जिम्मेवारी बनाइएको

हरेक महिनाको अन्त्यमा नगद वा बैंक मार्फत तलव भुक्तानी गर्नुपर्ने व्यवस्था कानूनमा रोजगारी समाप्त गरेर घर फर्किंदा प्रतिवर्ष तीन हप्ता बरावरको तलव उपलव्ध गराउनु पर्नेछ यसैगरी आफूले रोजगारीमा लगाएका कामदारको स्वाभिमानको सुरक्षा तथा उनीहरुलाई शारिरीक तथा मानसिक हिंसाबाट जोगाउनु रोजगारदाताको दायित्व तोकिएको

यसका साथै नयाँ कानूनले कुनै पनि घरेलु कामदारलाई भर्ना शुल्क वापत कुनै रकम तिराउन पाइने छैन भनें उनीहरुलाई उनीहरुको ईच्छा विपरित कतार बाहिर लैजान बन्देज लगाइएको

नयाँ कानूनले उमेरको हदवन्दी समेत तोकेको कानून अनुसार १८ बर्ष उमेर नपुगेका ६० बर्ष भन्दा माथिका व्यक्तिलाई घरेलु काममा राख्न पाइने छैन यस कानूनको उल्लंघन गर्नेहरुलाई हजार देखि १० हजार रियालसम्म जरिवाना हुने व्यवस्था गरिएको

यो पनि पढ्नुहोस् 

कस्तो अवस्थामा ‘स्पोन्सर’ परिवर्तन गर्न पाईन्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय